९० लाख लागतमा वडा कार्यालय भवन बन्दै

५ बर्ष अगाडि

काठमाडौं- तारकेश्वर नगरपालिका–१० कोे नयाँ भवन बन्ने भएको छ । आगामी एक वर्षभित्र वडा कार्यालयको  भवन निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । 

नगरपालिकाको रु ७० लाख र सङ्घीय सांसद कोषको रु २० लाख गरी रु ९० लाख लागतमा उपभोक्ता समितिबाट भवन निर्माण हुने वडाध्यक्ष अमृत थापाले जानकारी दिए  । “नयाँ बन्ने भवनमा पहिलो तलामा १० श्ययाको शहरी स्वास्थ्य केन्द्र, दोस्रो तलामा वडा कार्यालय र तेस्रोमा कार्यक्रम हल निर्माण हुनेछ”, उनले भने ।

स्थानीय उपभोक्ताले  मनमैजुको पुरानो संस्कृति पहिचान झल्कने गरी भवन बनाउन आग्रह गरेका छन् । भवन अन्य वडाका भन्दा फरक ऐतिहासिक मौलिकता पहिचान झल्कने खालको हुने बताइएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया