पाल्पामा दुर्घटनामा परि एकको मृत्यु

५ बर्ष अगाडि

काठमाडौं- पाल्पाको रामपुर नगरपालिका–७ किसानबारी स्थित सडक पुलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रामपुर नगरपालिका–६ विजयपुर बस्ने अन्दाजी ३० वर्षीय सन्जु राना रहेका छन् ।  बिहीबार राति ९ बजे सडक पुलबाट खसेर रानाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

रामपुर नगरपालिका ४ खोप्टारबाट विजयपुर घरतर्फ जाँदै लु १३ प ६८१४ नम्बरको मोटरसाइकलमा जाने क्रममा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरी जनाएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया