काठमाडौं - आज तारागाउँ रिजेन्सी होटेल लिमिटेडको वार्षिक साधारण सभा हुँदैछ । कम्पनीको २४औं वार्षिक साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय, बौद्ध, काठमाडौंमा आज बिहान ११ बजेबाट सुरू हुने भएको हो ।
पुस २३ गते, बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सभा हुने निर्णय गरेको थियो । सभामा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने १८ करोड ८६ लाख ६५ हजार ४ सय रुपैयाँ बराबरको नगद लाभांश (५ प्रतिशत करसहित) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
साथै कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि माघ ३० गतेदेखि फागुन १४ गतेसम्म बुकक्लोज गरेको छ । त्यसैले, माघ २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया