काठमाडौंमा बर्ड फ्लूले गर्दा एकै दिन साँढे १२ हजारभन्दा धेरै कुखुरा नष्ट गरिएको छ ।
तारकेश्वर नगरपालिका–१ साङ्लाफाँटमा बिहिबार एकैदिन साढे १२ हजारभन्दा धेरै कुखुरा नष्ट गरिएको हो ।
विक्रम गौतम र कमल गौतमको फार्मबाट ६ हजार ५ सय २५ वटा लेयर्स कुखुरा मारिएको नगर कार्यपालिका प्रवक्ता बिदुर सापकोटाले बताए । उनका अनुसार फार्ममा रहेका ३ हजार ५ सय ७० वटा अण्डा र १४५० किलो दाना पनि नष्ट गरिएको छ । यस्तै नजिकै रहेको सरिता शाहको २ हजार ९ सय ६० वटा ब्रोइलर चल्ला मारिएको छ ।
फार्ममा रहेको ७५० किलो दाना पनि नष्ट गरिएको छ । यस्तै, सम्झना ठकुरी तिवारीको २ हजार ७६ वटा ब्रोइलर र १००७ वटा लोकल कुखुरा नष्ट गरिएको छ । शान्ता खनालले पालेको १०० वटा लोकल कुखुरा र २ वटा टर्की पनि मारेर नष्ट गरिएको छ ।
प्रतिक्रिया