आज पहाडी भेगका केही स्थानमा वर्षाको सम्भावना

५ बर्ष अगाडि

काठमाडौं - आज पहाडी भेगका केही स्थानमा मेघगर्जनरचट्यायङसहित वर्षा हुने सम्भावना रहेको छ ।  

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ । 

यस्तै सोही प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक दुई स्थानमा हल्का हिमपात हुने सम्भावना पनि रहेको छ ।

राति पनि प्रदेश नं १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया