४ बालिकालाई बलात्कार गरेको आरोपमा १४ वर्षीय किशोर पक्राउ

५ बर्ष अगाडि

काठमाडौं - चार बालिकालाई बलात्कार गरेको आरोपमा एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।  बर्दियाको १४ वर्षीय किशोरले बाँसगढी नगरपालिकामा एकै दिन चार बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको हो । 

ती किशोरबाट भाँडाकुटी खेलिरहेका ८, ६ र ५र५ वर्षका नाबालिका बलात्कृत भएको पीडित पक्षले बताएको छ ।

आरोपित किशोर बर्दियाकै बारबर्दिया नगरपालिकाबाट बाँसगढीमा आफन्तकहाँ पाहुना आएका थिए । उनले कसैलाई नभन्न धम्की दिएपछि बालिकाहरूले घटना लुकाएका थिए । 

तर, घटनाबाट जोगिएकी एक बालिकाले अभिभावकलाई सबै कुरा बताएपछि वास्तविकता बाहिरिएको हो । उनीहरू फागुन ५ गते विद्यालयबाट फर्किएर खेलिरहेका थिए।


 

५ बर्ष अगाडि

प्रतिक्रिया