घुस लिएको आरोपमा औषधि व्यवस्था विभागका अधिकृत पक्राउ परेका छन्। बन्द भएको औषधि पसल सञ्चालन गर्न दिने भन्दै घुस लिने औषधि व्यवस्था विभाग विराटनगरका फार्मेसी अधिकृत सरोज सुवेदीलाई २ लाख घुस सहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको हो ।
बिहीबार अपरान्ह विराटनगर ३ स्थित एक होटलबाट सुवेदीलाई सेवाग्राहीबाट घुस रकम लिएलगत्तै अख्तियारको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो।
प्रतिक्रिया