कोरोना संक्रमणमुक्त गुल्मी

५ बर्ष अगाडि

गुल्मी जिल्ला कोरोना संक्रमणमुक्त जिल्ला भएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या शून्यमा झरेपछि गुल्मी संक्रमणमुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले बताए ।

गुल्मीमा ९ सय ५२ जना कोरोनामुक्त भएर घर फर्केका छन् । जिल्लामा हालसम्म ५ हजार ९६१ जनाको कोरोना परीक्षण गरिएकोमा ९६५ जनामा संक्रमण पुष्टि भएको थियो । गुल्मीमा हालसम्म कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको आचार्यले जानकारी दिए ।

५ बर्ष अगाडि

प्रतिक्रिया