भारत र श्रीलङ्काबाट ५२ महिलाको उद्धार

५ बर्ष अगाडि

काठमाडौं - चालु आर्थिक बर्षमा भारत र श्रीलङ्काबाट उद्धार गरेर नेपाल ल्याइएका महिलाको सङ्ख्या ५२ रहेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार वैदेशिक रोजगारी जाँदा भारत र श्रीलङ्कामा नेपाली महिलाहरू विभिन्न प्रकारका दुःख पाएपछि उनीहरूलाई उद्धार गरेर नेपाल ल्याइएको हो ।

नेपाल-भारतबीच खुला सीमा रहेका कारण जुनसुकै बेला नेपाली महिलालाई प्रलोभन देखाएर अवैध बाटो हुँदै विदेश लैजाने सम्भावना हुने भएकाले हरेक परिवारका सदस्य सजग हुनुपर्ने गृह मन्त्रालयले जनाएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया