ठगीको आरोपमा ३ जना पक्राउ

५ बर्ष अगाडि

काठमाडौं - ठगीको आरोपमा तीन जना पक्राउ परेका छन् । उपहार परेको भन्दै ठगी गरेको आरोपमा काठमाडौंको याङरिमा हिलसिटीबाट तीन जनालाई पक्राउ गरिएको हो । 

पक्राउ पर्नेमा पर्साको पोखरिया नगरपालिका–७ घर भई काठमाडौंमा बस्दै आएका २६ वर्षीय दीपककुमार दुवे सँगै अरु २ जना रहेका छन् ।

विभिन्न मितिमा उपहार पर्‍यो भनी प्रलोभनमा पारी पीडितलाई आईएमई मार्फत पैसा पठाउन लगाइ ठगी गरेको सूचनाको आधारमा उनीहरूलाई ५३ हजार नगदसहित प्रहरीले पक्राउ गरेको हो ।

अन्य २ जनाको भने पहिचान खुल्न नसकेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया