६० वर्ष पुरानो ह्विस्कीको बोतल १७ करोडमा बिक्री

५ बर्ष अगाडि

एजेन्सी - स्कटल्याण्डमा बनेको ह्विस्कीको एक अनौठो ६० वर्ष पुरानो बोतलको बिक्री भएको छ । बोतल लगभग १७ करोड रुपैयाँमा स्कटल्याण्डको एक अनलाइन सेलमा बिक्री भएको हो ।

यसलाई पवित्र ह्विस्की पनि भनिने गरिएको छ । मोरे डिस्टिलरीको विशेष कास्क नम्बर २६३ बाट ह्विस्कीका १४ वटा विशेष बोतल बनाइएको थियो । ती १४ मध्ये एक बोतल १७ करोडमा बिक्री भएको हो । 

विशेष कास्क नम्बर २६३ लाई संसारको सबभन्दा प्रख्यात ह्विस्की कास्क मानिन्छ । ह्विस्की तयार पार्नका लागि यस कास्कमा सामग्रीहरू सन् १९२६ मा नै राखिएको थियो । 

त्यसको ६० वर्षपछि सन् १९८६ मा यस बोतलमा प्याक गरिएको थियो । 

५ बर्ष अगाडि

प्रतिक्रिया