सरकारी बैंकको छाप कीर्तेको आरोपमा लेखा अधिकृत पक्राउ

५ बर्ष अगाडि

काठमाडौं - किर्ते गरेको आरोपमा मालपोत कार्यालय भरतपुर चितवनमा कार्यरत लेखा अधिकृत पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले लेखा अधिकृत रिठ्ठे परियारलाई काठमाडौंबाट बुधबार पक्राउ गरेको हो।

परियारसमेतको संलग्नतामा राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय भरतपुर चितवनको भौचर, बैंकको छाप र कर्मचारीको दस्तखत किर्ते गरी १ करोड १७ लाख २४ हजार ५ सय ३८ रुपैयाँ अपचलन भएको सीआईबीले जनाएको छ।

परियारलाई सीआईबीले काठमाडौं तारकेश्वर नगरपालिका ६ मा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया