काठमाडौं - भारततर्फ लैजाँदै गरेको अवस्थामा चार जना महिलाको उद्धार गरिएको छ । विदेश पठाइदिने भन्दै भारततर्फ लैजाँदै गरिएका उक्त महिलाहरूको पूर्वी इलामको सीमावर्ती नाका पशुपतिनगरबाट उद्धार गरिएको हो ।
रोजगारीका लागि भारत हुँदै दुबई पठाइदिने भन्दै गोरखाका एक व्यक्तिले गोरखा धार्चेका चार महिलालाई भारततर्फ पठाउने क्रममा सीमा नाकाबाट माइती नेपाल र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेका छन् ।
उद्धार गरिएका चारै जनालाई अभिभावकको जिम्मा लगाइसकिएको छ । पछिल्लो समय पशुपतिनगरमा मानव बेच–विखनका लागि स्थानीय एजेन्टहरुसमेत सक्रिय भएका छन् ।
कन्ट्रयाक्टमार्फत मानव बेच–विखनको तस्करी हुने निकै जोखिम बढेको छ । माइती नेपाल पशुपतिनगरको तथ्याङ्कअनुसार पशुपतिनगर नाकाबाट दुई महिना ९जनवरी–फेब्रुअरी० को अवधिमा ३२ जना महिलाको उद्धार गरिएको छ ।
उनीहरु अधिकांशलाई विभिन्न प्रलोभनमा परेर भारततर्फ लैजान खोजिएको अनुसन्धानबाट खुलेको छ ।
प्रतिक्रिया