काठमाडौं – कोभिड—१९ का कारण उत्पन्न महामारीले थलिएको उड्डयन क्षेत्रमा अझै सुधार आएको छैन।
पछिल्लो समय आन्तरिक उडानतर्फ ट्रंक रुट ९तराई जिल्लाका उडान० मा उल्लेख्य सुधार आए पनि स्टल रुट (पहाडी तथा हिमाली जिल्लाका उडान) र हेलिकप्टर उडानमा सुधार नआउँदा उड्डयन क्षेत्रले अझै व्यावसायिक लय समातेको छैन। यसका साथै अन्तर्राष्ट्रिय उडान भर्ने नेपाली वायुसेवा कम्पनीको पनि व्यवसायले गति लिन सकेको छैन।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथ्यांकअनुसार कोभिड—१९ को महामारीपछि हाल आन्तरिकतर्फको ट्रंक रुट र स्टल रुटतर्फ आउने जाने गरी दैनिक करिब दुई सय उडान भइरहेको छ। कोभिड—१९ महामारी अघिसम्म ती दुवै रुटमा दैनिक औसत तीन सय उडान हुन्थ्यो।
अहिले ट्रंक रुटमा सबै वायुसेवा कम्पनीले करिब ८० प्रतिशत अकुपेन्सीमा जहाज उडाइरहेका छन्। तर, स्टल रुटका उडान नगन्य संख्यामा भइरहँदा ५० प्रतिशतभन्दा पनि कम अकुपेन्सी छ।
आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट ।
प्रतिक्रिया