१ करोड १७ लाख हिनामिना गर्ने  तत्कालीन अधिकृत पक्राउ

५ बर्ष अगाडि

 जिल्ला मालपोत कार्यालय भरतपुरका तत्कालीन अधिकृत पक्राउ परेका छन् ।  १ करोड १७ लाख राजस्व हिनामिना गरेको आरोपमा तत्कालीन अधिकृत रिठ्ठे दमाई पक्राउ परेका हुन्। 

अख्तियारले  दमाईले आर्थिक वर्ष ०७४÷७५ र ०७५÷७६मा भूमि प्रशासन सम्बन्धि सरकारी खातामा दाखिला हुनुपर्ने १ करोड १७ लाख रुपैयाँ कीर्ते गरेको भेटिएपछि थप अनुसन्धानका लागि सीआईबीमा बुझाएको थियो । 

अनुसन्धानका क्रममा विभिन्न ११ वटा नक्कली बिल भरपाई बनाएर उक्त रकम लिएको तर सरकारी खातामा दाखिला नगरी फाइलमा राखेको पाइएको थियो । 

५९ वर्षीय दमाईलाई  सीआईबीले  बुधबार  काठमाडौंको कागेश्वरीबाट पक्राउ गरेको हो ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया