काठमाडौं – सर्वोच्च अदालतले पशुपतिनाथ मन्दिरमा जलहरी नराख्न सरकारका नाममा अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ।
पशुपतिनाथ मन्दिरको महत्त्व, संवेदनशीलता प्राचीन स्मारक संरक्षण ऐनको कुरामा छलफलबाट टुंगो नलागेसम्म पशुपतिनाथभित्र सुनको जलहरी लगाउने कार्य नगर्नुरनगराउनु भनी अल्पकालीन अन्तरिम आदेश सर्वोच्चले आज दिएको हो ।
तर आजै राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा क्षमापूजा गरेपछि जलहरी राखिएको छ ।
प्रदेशसभा सांसद नरोत्तम वैद्य र अधिवक्ता नितीका ढुंगानाले जलहरी नराख्न माग गर्दै छुट्टाछुट्टै रिट दायर गरेका थिए ।
यस विषयमा छलफल गर्न दुवै रिट निवेदक र सरकारलाई अदालतले फागुन १७ गते छलफलका लागि बोलाएको छ ।
प्रतिक्रिया