घरभित्रै चितुवाको आक्रमण , एक जना गम्भीर घाइते

५ बर्ष अगाडि

काठमाडौं-  मंगलबारराती पर्साको ठोरी गाउँपालिकामा चितुवाको आक्रमणमा परि एक जना गम्भीर घाइते भएका छन् । 

ठोरी गाउँ पालिका वार्ड नम्बर ५ का ६५ बर्षीय कुल बहादुर खत्री गम्भीर घाइते  भएका हुन् ।  राती साँढे ८ बजेको समयमा घरभित्र बसिरहेको अवस्था चितुवाले आक्रमण गरि घाइते बनाएको खत्रीका भतिजा रन्जित कार्कीले जानकारी दिए । 

सुर्वणपुरको स्वास्थ्य क्लीनीकमा उपचारका क्रममा घाइते खत्रीको मुख, हात र नाकमा २४ वटा टाँका समेत लगाइएको प्रहरी चौकी सुवर्णपुरका प्रहरी सहायक निरीक्षक इन्डेव चौधरीले जानकारी दिए।

५ बर्ष अगाडि

प्रतिक्रिया