करेन्ट लागेर एक युवकको मृत्यु

५ बर्ष अगाडि

काठमाडौं- इलाम नगरपालिका ४ बरबोटेका एक युवकको करेन्ट लागेर मृत्यु भएको छ।मृत्यु हुनेमा २० वर्षीय पुजन सोमी लिम्बू रहेका छन् ।

सोही नगरपालिका ९ स्थित टेक माइन अफिसमा फाइबरको तार जोड्ने क्रममा उनलाई हिजो करेन्ट लागेको थियो।

करेन्ट लागेपछि उनी गम्भीर घाइते भएका थिए। उचारका लागि इलाम अस्पतालतर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो।

५ बर्ष अगाडि

प्रतिक्रिया