प्रहरीले भागरथी भट्टको हत्यामा संलग्न आरोपी दिनेश भट्टलाई अदालतमा हाजिर गराएको छ ।अदालतले हिरासतमा राख्ने म्याद थप गर्न अदालत लगिएको हो ।
आरोपी भट्टलाई अदालतले अनुसन्धानका लागि हिरासतमा राख्न ५ दिनको म्याद द्रिएको थियो ।
बैतडीको दोगडाकेदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीय किशोरी भागरथी भट्टको गत माघ २२ गते बलत्कारपछि बिबत्स हत्या गरेको अब्स्थामा शब भेटिएको थियो ।
हत्या आरोपमा पक्राउ परेका १६ वर्षीय किशोरले आफूले बलात्कार गरि हत्या गरेको स्वीकार गरेपछि १५ दिन पछि आफन्तले भागरथीको शब उठाएका थिए ।
प्रतिक्रिया