काठमाडौँ - शिखर इन्स्योरेन्सले च्याटबट प्रयोग गरेर आफ्ना बीमा सेवाहरु उपलब्ध गराउन थालेको छ । मंसिर १७ गतेदेखि कम्पनीले बीमा क्षेत्रमा नै पहिलो पटक भाइबर र फेसबुक मेसेन्जरमा च्याटबट सेवा सुरु गरेको हो ।
अहिले च्याटबट मार्फत सेवा लिनेहरुको संख्या दैनिक बढ्न थालेको कम्पनीले जनाएको छ ।
च्याबट मार्फत शिखर इन्स्योरेन्सको कुनैपनी सेवा तत्कालै लिन पाइने कम्पनीले जनाएको छ । ग्रहाकरुले उक्त माध्यमबाट बीमा पोलिसी खरिद, दाबीको जानकारी, बीमा पोलिसीको प्रति इमेल, बीमा नविकरण, बीमा सम्पुष्टी, केवाईसी अपडेट जस्ता सेवाहरु लिन सकिन्छ ।
साथै बीमाका ग्राहकहरुले च्याटबटमा आफ्ना सुझावहरु समेत दिन सक्नेछन् । यसका साथै अन्य सुविधाहरु समयसापेक्ष अपग्रेड गरी समावेश गर्दै लाने र निकट भविष्यमा ग्रहाकहरुले सोही माध्यमबाटै बीमालेख प्राप्त गर्न सक्ने व्यवस्था समेत मिलाउने शिखर इन्स्योरेन्सले जनाएको छ ।
प्रतिक्रिया