२५ लाख ५० हजार नगद सहित २ जना पक्राउ

५ बर्ष अगाडि

काठमाडौं-  धनुषाको नगराईन नगरपालिका–२, बाट स्रोत नखुलेको २५ लाख ५० हजार रुपैयाँसहित दुईजना पक्राउ परेका छन् ।

 पक्राउ पर्नेमा महोत्तरी लोहारपट्टी नगरपालिका–५ बस्ने ३५ वर्षीय सन्जयकुमार र २४ वर्षीय सुमितकुमार यादव रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषा र सीमा प्रहरीचौकी लग्मा, जटहीबाट खटिएको प्रहरीले उक्त स्टोरमा तलासी गर्दा एक हजार रुपैयाँ दरका एक हजार ६०० वटा नोट र ५०० रुपैयाँ दरका एक हजार ९०० वटा नोटसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई उक्त रुपैयाँसहित भन्सार कार्यालय धनुषामा बुझाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया