डिउटीमा खटिएका प्रहरीलाई घुस दिन खोज्ने पक्राउ

५ बर्ष अगाडि

काठमाडौं - डिउटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछाप लिखु गाउँपालिका९६ घर भई हाल ललितपुर बालकुमारी निवासी २८ वर्षीय ज्ञान नारायण श्रेष्ठ रहेका छन् ।  

उनले भक्तपुरको मध्यपुरठिमी नगरपालिका-१ मनहरास्थित डिउटीमा खटिएको प्रहरीलाई नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए । 

काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको बा.८४ प ७१९५ नम्बरको मोटरसाइकलले ट्राफिक चेकिंङमा खटिएको प्रहरीलाई सामान्य ठक्कर दिए पश्चात प्रहरीलाई प्रभावमा पार्न उक्त नगद दिन खोजे पश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो । 

५ बर्ष अगाडि

प्रतिक्रिया