काठमाडौं - सिम्रिक एयरलाइन्सले विमानस्थल सेवा शुल्क वापतको बक्यौता भुक्तानी नगरेसम्म उडान गर्न नपाउने भएको छ ।
२०७६ चैतदेखि उडान बन्द भएको सिम्रिक एयरले अहिलेसम्म उडान गर्न सकेको छैन । सिम्रिक एयरले नेपाल नागरिक उड्डनय प्राधिकरणलाई तिर्नु पर्ने विमानस्थल सेवा शुल्क वापतको बक्यौता रकम २ करोड २९ लाख रूपैयाँभन्दा बढी भइसकेको छ ।
विमानस्थल सेवा शुल्क वापतको रकम भुक्तानी नगर्दासम्म सिम्रिक एयरलाइन्सले उडान गर्न नपाउने नेपाल नागरिक उड्डन प्राधिकरणले जनाएको छ ।
अरु एयरलाइन्स कम्पनी बुद्ध, यती, श्री, सौर्य, सिता, तारा र समिट एयरले सरकारले उडान गर्न दिएलगतै उडान सुरु गरेका थिए । अन्य एयरलाइन्स कम्पनीले आनतरिक उडान सुरु गरेको पनि ६ महिना भइसकेको छ ।
तर, सिम्रिक एयरलाइन्सले उडान गर्न सकेको छैन ।
प्रतिक्रिया