आरम्भ चौतारी लघुवित्तले लाभांश घोषणा गरेको छ ।
कम्पनीले गत आवको मूनाफाबाट आफ्ना लगानीकर्ताहरुलाई हाल कायम रहेको चुक्ता पुँजीको ८.८५ प्रतिशतले हुन आउने २ करोड ३३ लाख १५ हजार १ सय ४८ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको फागुन १२ गते बसेको संचालक समितिको बैठकले उक्त निणर्य गरेको हो ।
अब कम्पनीको उक्त प्रस्तावलाई राष्ट्र बैंकको स्वीकृति र साधारणसभाबाट पारित भएपछि मात्र लगानीकर्ताले पाउनेछन् ।
प्रतिक्रिया