काठमाडौं - सशस्त्र प्रहरी बलले सङ्गठनले आधा दर्जन प्रहरीलाई कारबाही गरेको छ । नीति विपरीत काम गरेको भन्दै उनीहरुलाई कारबाही गरिएको हो ।
सशस्त्र प्रहरी बलको दुई नम्बर प्रदेश छिन्नमस्ता बाहिनीले सिनियर प्रहरी अधिकृतदेखि जुनियर अधिकृतहरूलाई कारबाही गरेको छ ।
सशस्त्र प्रहरी नायब उपरीक्षक योगराज दाहालले नसिहत पाएका छन् । महोत्तरी स्थित बोर्डर आउट पोस्ट सम्सिका सशस्त्र प्रहरी निरीक्षक गणेश न्यौपानेलाई कमान्डबाट फिर्ता गरेर नसिहत दिइएको छ । यस्तै बारा स्थित बोर्डर आउट पोस्ट बंकुलका सशस्त्र प्रहरी निरीक्षक किरण केसीलाई पनि चेतावनी दिएको छ ।
महोत्तरी स्थित सुरक्षा बेस रामनगरका सशस्त्र प्रहरी निरीक्षक नन्दराज राईलाई पनि चेतावनी दिइएको छ । बिओपि खैरबनि महोत्तरी का सशस्त्र प्रहरी निरीक्षक सुजन गोलेले पनि कारबाही भोगेका छन् ।
बिओपि गोलागंजका सशस्त्र प्रहरी नायब निरीक्षक अशोक यादव र सशस्त्र प्रहरी सहायक निरीक्षक अखिलेश यादवले क्रमश ग्रेड रोक्का र बढुवा रोक्काको कारबाही परेका छन् ।
प्रतिक्रिया