काठमाडौं- सप्तरीमा स्रोत नखुलेको दश लाख नगदसहित दुई जना महिला पक्राउ परेका छन्।
पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिका वडा नम्बर ५ बस्ने ३८ वर्षीया कविता दास र २२ वर्षीया रिंकु दास रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
प्रहरीले उनीहरूको साथबाट दश लाख रुपैयाँ बरामद भएको र उनीहरूले उक्त रकमको स्रोत खुलाउन नसकेका कारण बरामद रकमसहित दुवै जनालाई भन्सार कार्यालयको जिम्मा लगाउने तयारी भइरहेको सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले बताए।
प्रतिक्रिया