काठमाडौँ - सञ्चारकर्मी रवि लामिछानेले नयाँ टेलिभिजन च्यानल सञ्चालन गर्ने घोषणा गरेका छन् ।
नक्सालको एक होटलमा आज विशेष कार्यक्रम गरेर लामिछानेले ‘ग्यालेक्सी फोर के’ नाम टेलिभिजन च्यालन सञ्चालनको घोषणा गरेका हुन् ।
लामिछानेले घोषणा गरेको ‘ग्यालेक्सी फोर के’ टेलिभिजनमा रामायण, को बन्छ करोडपछिसहितका कार्यक्रम प्रशारण हुने जानकारी दिइएका छन् । यस्तै कलाकार दीपकराज गिरीले क्राइम पेट्रोल कार्यक्रम सञ्चालन गर्ने पनि जानकारी दिइएको छ ।
यस्तै, महावीर पुनले आविष्कार नामक कार्यक्रम र रमेश प्रसाईले सामाजिक विषयमा केन्द्रित अन्तर्वार्ता मुलक कार्यक्रम लाल मोहर सञ्चालन गर्ने लामिछानेले जानकारी दिएका छन् ।
प्रतिक्रिया