बढ्यो चितुवा  आतङ्क, एक हप्तामा आठ चौपाया मरे

५ बर्ष अगाडि

डोटीमा  चितुवाले आतङ्क मच्चाउन थालेको छ ।डोटीको शिखर नगरपालिका–३ आलीअतुरालीको गुबाडी क्षेत्रमा एक हप्तादेखि चितुवाले आतङ्क बढेको हो । 

स्थानीयवासीका अनुसार चितुवाले एक हप्ताको अवधिमा आठ चौपाया गाईको बाच्छो, गाई, बाख्रा मारेको छ । चितुवाले दिनहुँ गाउँ तथा जङ्गलमा त्रास उत्पन्न गराउन थालेपछि  स्थानीयवासी त्रसित बनेका छन् । 

प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले चितुवाले आतङ्क मच्चाइरहेको भन्ने खबर पाएपछि सो क्षेत्रमा प्रहरी टोली खटाइएको बताएका छन्  । 

गाउँ नजिकैको कुयपानी सामुदायिक वनभित्र पर्ने जङ्गलमा विगत लामो समयदेखि एउटा चितुवा बस्दै आएको र दिउँसो वनमा डुल्ने राति गाउँभित्रै पसेर गाउँमा आतङ्क मच्चाइरहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया