झा दम्पती  सुतेकै ठाँउबाट बेपत्ता

५ बर्ष अगाडि

महोत्तरीका  एक दम्पती  घरबाटै बेपत्ता भएका छन् । महोत्तरीको  पिपरा गाउँपालिका वडा नम्बर ५ स्थित सहोडवाका ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवीलाई राति सुतेकै ठाउँबाट अपहरण परेका हुन् । 

अपहरण गरी बेपत्ता बनाइएको घटना सार्वजनिक भएपछि स्थानीयले जनकपुर–जलेश्वर सडक खण्ड अवरुद्ध गरेका छन् ।

बिहानै अबेरसम्म झा दम्पती नउठेपछि सुतेको कोठामा हेर्न जाँदा झा दम्पती ओछयानमा नभेटिएको र त्यहाँ रगत पनि देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक केसीले बताए ।

अपहरित भई बेपत्ता पारिएका मोसाफिर झा मोही जग्गा विवादको मुद्दामा साक्षी बसेका थिए । अदालतमा विचाराधीन मुद्दाका विपक्षीसँग झाको विवाद हुँदै आएको थियो । सोही विवादमा उनको अपहरण भएको हुनसक्ने आशंका गरिएको छ ।  उनीहरुको खोजी गरिरहेको महोत्तरीका प्रहरीले जानकारि दिएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया