काठमाडौं- मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ चौकीटोलमा सवारी दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । बिहान करिब ८ बजेको समयमा दुईवटा सुमो एकआपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश–३ –०३–००१ ज ००२९ नम्बरको यात्रुबाहक सुमो र विपरित दिशाबाट आउँदै गरेको ना१ज २४६० नम्बरको सुमो एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।
घाइतेहरुको हेटौंडाको सञ्चो अस्पताल र हेटौंडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले रातोपाटीलाई जानकारी दिए ।
प्रतिक्रिया