हतकडी लगाएका दुई थुनुवा अदालतबाटै फरार

५ बर्ष अगाडि

जिल्ला अदालत मोरङ परिसरबाट दुई थुनुवा फरार भएका छन्। 

मोरङको कटहरी कटहरी गाउँपालिका–४ का ३७ वर्षीय मुराज भनिने मनराज शेख र झापाको बिर्तामोड नगरपालिका–५ का २० वर्षीय प्रकाश चौधरी हतकडीसहित फरार भएका हुन् ।

लागुऔषध मुद्दामा म्याद थप गर्न उनीहरुलाई सोमबार दिउँसो प्रहरीले जिल्ला अदालत मोरङमा लगेको थियो । 

दिउँसो करिब ३स्३० बजे उनीहरु फरार भएका हुन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया