गुल्मीमा बुहारीबाट ससुराको हत्या

५ बर्ष अगाडि

गुल्मीमा ससुरा हत्याको आरोपमा प्रहरीले बुहारीलाई पक्राउ गरेको छ । 

गुल्मीमा केही दिन अघि एक बृद्ध घरमा मृत फेला परेका थिए ।  

फागुन ८ गते साझ जिल्लाको रुरुक्षेत्र गाउँपालिका ३ साबिक  धोर्गा गाबिसको झमेरेपोखराका ८७ वर्षीय वृद्ध नन्दकुमार ज्ञवाली घरमा मृत फेला परेका हुन्।

प्रहरीले अनुसन्धानका क्रममा उनकी ४२ वर्षीया कान्छी  बुहारी मनकला ज्ञवालीले हत्या गरेको आशंकामा पक्राउ गरि फागुन ९ गते अदालतमा म्याद थप गरी अनुसन्धान गरिएको  जिल्ला प्रहरी प्रमुख प्रविणलाल श्रेष्ठले जानकारी  दिए । प्रहरीका अनुसार मृतकको टाउकोमा चोट छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया