पर्वत जिल्लाको मोदी गाउँपालिका–५ अम्बोटस्थित पोखरा–बागलुङ सडकखण्डमा
म्याग्दीबाट पोखरातर्फ जाँदै गरेको ग ३ च १०९ नंको जीप बागलुङमा दुर्घटना भएको छ ।
पर्वत जिल्लाको मोदी गाउँपालिका–५ अम्बोटस्थित पोखरा–बागलुङ सडकखण्डमा उक्त दुर्घटना हुँदा तीन जना घाइते भएका हुन् ।
दुर्घटनामा परी म्याग्दी जिल्ला अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका ६५ वर्षीय भीमबहादुर पुन, सोही स्थानका ३० वर्षीय विशाल गर्बुजा र ३० वर्षीय ताराबहादुर गर्बुजा घाइते भएका हुन् ।
प्रतिक्रिया