पश्चिमी वायूको प्रभावले आज वर्षा र हिमपातको सम्भावना

५ बर्ष अगाडि

हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव देखिएको छ। 

हाल देशका केही पहाडी भू–भागमा आंशिक बदली रहि अन्य भू–भागहरूमा मौसम सामान्यतया सफा  रहेको छ ।

मंगलवार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत अन्य  पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको संभावना रहेको छ। प्रदेश १, गण्डकी र सुदुरपश्चिम प्रदेशका  पहाडी भू–भागका एक –दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

बुधबार प्रदेश १ का साथै देशका पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया