काठमाडौं- सोमबार बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।
मूलपानीबाट रत्नपार्कतर्फ छुटेको बा ३ ख ९६६१ नम्बरको बसले बाटो काट्ने क्रममा बिहान सवा १० बजे ठक्कर दिएको हो । मृत्यु हुनेमा खोटाङको दिक्तेल मझुवागढी गाउँपालिका–९ घर भएका ७४ वर्षीय कृष्णबहादुर श्रेष्ठ रहेका छन् ।
बसको ठक्करबाट घाइते भएका उनको उपचारक क्रममा मदरल्याण्ड अस्पताल पेप्सीकोलामा मृत्यु भएको हो ।
प्रतिक्रिया