काठमाडौं - बाँकेबाट १० लाख अवैध भारतीय रुपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिका–१६ को भन्सार चेक प्वाइन्टमा भारतबाट पैदल आउँदै गरेका उत्तरपूर्वी दिल्ली जफ्फारावादका ५४ वर्षीय मुनवर खान पक्राउ परेका हुन् ।
उनले बोकेका २ वटा झोलाभित्र २ हजारका ३ वटा र पाँच सयका एक हजार ९ सय ८८ वटा भारतीय रुपैयाँ फेला पारेको प्रहरीले जनाएको छ ।
विदेशी विनिमय ऐन २०१९ अनुसार यसरी बरामद गरिएको रकम जफत गरी १० लाखदेखि ३० लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।
प्रतिक्रिया