त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक पक्राउ

५ बर्ष अगाडि

काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन सहित एक जना पक्राउ परेका छन् । 

सर्लाहीको मलंगवा नगरपालिका–३ घर भइ काठमाडौं महानगरपालिका–३२ पेप्सीकोला बस्दै आएका ४१ वर्षीय मोहम्मद मेराज मिकरानीलाई १ सय ५० ग्राम बराबरको सुनका तीन थान बालासहित प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनले कतार एयरवेजको उडानमार्फत नेपाल आएका यात्रुले ल्याएको सुन संकलन गरेर लैजान लागेका थिए ।

कतार एयरवेजबाट नेपाल आएका यात्रुलाई भन्सार छली गर्न लगाएर मिकरानीले सुन लैजान लागेको अवस्थामा पक्राउ गरिएको प्रहरीको भनाइ छ ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया