प्रचण्ड–नेपाल समूहको विद्यार्थीद्वारा प्रतिगमनलाई जुत्ता प्रहार

५ बर्ष अगाडि

काठमाडौं - नेकपा प्रचण्ड–नेपाल समूहको विद्यार्थी संगठन (अनेरास्ववियू) ले संसद् विघटनविरुद्ध नारायणहिटीबाट प्रतिगमनलाई जुत्ता प्रहार गरेका छन् । 

जुत्ता हान्‍ने कार्यक्रम अन्तरर्गत उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको सांकेतिक तस्बिर बनाएर त्यसलाई जुत्ताले हानेका हुन् ।

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा भंग गरेर देशलाई अस्थिरतातिर धकेलेको र प्रतिगमनलाई सघाउन खोजेको भन्दै विद्यार्थीहरुले आज जुत्ता हान्ने कार्यक्रम गर्दै विरोध जनाएका छन् ।

साथै प्रधानमन्त्री ओली र उनी निकटकाहरुले संविधानको पालना नगरेको भन्दै संविधानको पालना गर्न पनि आग्रह गरेका छन् । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया