काठमाडौं - काठमाडौंको म्हैपीबाट ८० हजार रुपैयाँ तथा सुन र चाँदीका विभिन्न गहना चोरी भएको छ ।
काठमाडौं महानरगपालिका-२६ म्हैपी देबुमार्ग डेरा गरी बस्ने तेह्रथुम नामलुङ नगरपालिका-४ घर भएका ४१ वर्षीय दुख बहादुर बुढाथोकीको कोठाबाट चोरी भएको हो ।
नगद ८० हजार रुपैयाँ तथा सुन र चाँदीका विभिन्न गरगहनासहित करिब ३ लाख ५८ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको हो ।
चोरीमा संलग्न व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया