पशुपतिमा १०८ किलो सुनको नयाँ जलहरी, निर्माण कार्य अन्तिम चरणमा

५ बर्ष अगाडि

काठमाडौँ - पशुपतिनाथ मन्दिरको मूल मूर्तिमाथि राखिने सुनको जलहरी निर्माणको काम अन्तिम चरणमा पुगेको छ । मुल मूर्तिमाथि १०८ किलोको सुनको नयाँ जलहरी राख्न लागिएको हो । 

जलहरी निर्माणका लागि पशुपति क्षेत्र विकास कोषले राष्ट्रबैङ्कबाट १०४ किलो सुन किनेको हो भने बाँकी चार किलो चाँदी तथा तामा मिसाइने छ ।

राष्ट्रबैङ्कबाट आवश्यक सुन किनेर जलहरी निर्माणको काम भइरहेको विकास कोषले जनाएको छ । अहिले पशुपति परिषद्को रुद्रगाडेश्वरमा सुनको जलहरी निर्माणको काम भइरहेको बताइएको छ । नेपाली सेनाको सुरक्षा निगरानीमा जलहरी निर्माण भइरहेको हो । 

सुरक्षा व्यवस्था मजबुत बनाउनका लागि सिसिटिभीको पनि व्यवस्था गरिएको कोषले जनाएको छ । गएको माघ २९ गते राष्ट्रबैङ्कबाट सुन किनेर ल्याएको र त्यसको भोलिपल्ट ९माघ ३० गते० देखि जलहरी निर्माण थालिएको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया