सवारी दुर्घटनामा परी एकको मृत्यु

५ बर्ष अगाडि

बारामा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । प्रसौनी गाउँपालिका–५ प्रस्टोकाका ४० वर्षीय दुर्योधन चौधरीको भ्यानले ठक्कर दिदाँ मृत्यु भएको हो ।

वीरगञ्ज–कलैया सडकखण्ड अन्तर्गत कलैया उपमहानगरपालिका– ३ स्थित अस्थायी ट्राफिक प्रहरी कार्यालय अगाडि उनलाई म्याजिक भ्यानले ठक्कर दिएको थियो । कलैयाबाट वीरगञ्ज तर्फ आउँदै गरेको ना १ ज ८८३९ नम्बरको भ्यानले ना ४ प ५१२४ नम्बरको मोटरसाइकमा कलैयातर्फ जाँदै गरेका चौधरीलाई ठक्कर दिएको ट्राफिक प्रहरीले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया