एजेन्सी - म्यानमारकी नेतृ आङ सान सुकीलाई तत्काल रिहा गर्न बेलायत र अमेरिकाले सैनिक सरकारलाई आग्रह गरेका छन् ।
२२ दिनदेखि प्रहरी हिरासतमा रहेकी नेतृ सुकीलाई तत्काल रिहा गर्न बेलायतका विदेशमन्त्री डोमिनिक राबले आग्रह गरेका हुन् । विदेशमन्त्री राबले सैनिकलाई लोकतन्त्र फिर्ता गर्नसमेत आग्रह गरेका छन् ।
म्यानमार सैनिक ुकूु पछि जारी विरोध प्रदर्शनमा २ जनाको मृत्यु भएपछि बेलायती विदेशमन्त्रीको यस्तो भनाइ आएको हो ।
साथै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले आफूहरू म्यानमार जनताको साथमा रहेको बताएका छन् । उनले म्यानमारका जनतामाथि हिंसा गर्नेविरुद्ध अमेरिकाले कडा कारबाही गर्ने चेतावनीसमेत दिएका छन् ।
प्रतिक्रिया