१० वर्षीय बालिका बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

५ बर्ष अगाडि

डडेल्धुरामा १० वर्षीय बालिका बलात्कार गरेको आरोपमा  एक जना शिक्षक पक्राउ परेका छन् ।

प्रहरीले जिल्लाको गन्यापधुरा गाउँपालिका–४ को भुवनेश्वरी माध्यमिक विद्यालयका ४७ वर्षीय शिक्षकलाई आइतबार पक्राउ गरेको हो ।

विद्यालयले कक्षा २ मा पढ्ने बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीसमक्ष उजुरी दिएको थियो ।

उनले बालिका र नियन्त्रणमा रहेका शिक्षक दुबैको मेडिकल टेस्टको काम भइहरेको बताए । मेडिकल रिपोर्टका आधारमा कानुनी प्रक्रिया अघि बढ्ने प्रहरीले जनाएको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया