काठमाडौँ - एकै परिवारका तीनजना घरभित्रै मृत फेला परेका छन् । बारपाक सुलिकोट गाउँपालिका–१ गोरखामा एकै परिवारका तीनजनाको घरभित्रै शव फेला परेको प्रहरीले जनाएको छ ।
८४ वर्षीय तीलबहादुर गुरुङ, उनकी बुहारी २१ वर्षीया आईतकुमारी गुरुङ र नातिनी नाता पर्ने १२ वर्षीया उषा गुरुङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
तीनैजनाको मुखबाट फिज निस्केको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ। सोमबार बिहान अबेरसम्म ढोका नखुलेपछि छिमेकीहरु आएर हेर्दा शव देखेको र प्रहरीलाई खबर गरेको बताइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया