काठमाडौं - सिन्धुलीको कमलामाई नगरपालिका १० दोभानमा आमाछोरी माथि धारिलो हतियार प्रहार गर्ने एक जना पक्राउ परेका छन् ।
उक्त हतियार प्रहारमा संलग्न भएको भन्दै धनुषा बट्टेश्वरका प्रमोद कुमार सिंह महतोलाई प्रहरीले पक्राउ गरेको हो । ५५ वर्षीया हरिमाया घिमिरे उनकी २६ वर्षीया छोरी दुर्गामायामाथि गएराति १२ बजे सुतिरहेको अवस्थामा धारिलो हतियार प्रहार भएको थियो ।
हतियार प्रहारबाट आमाछोरी घाइते भएका छन् । घाइते दुवैलाई उपचारका लागि धनुषाको जनकपुर अस्पताल लगिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया