नवजात शिशु हत्या गरेको अभियोगमा दुई महिला पक्राउ परेका छन् । नाजायज बच्चा जन्माएर मारेको अभियोगमा
ताप्लेजुङका सान्थाक्राकी २२ वर्षीया स्याङ्मु शेर्पा र खेजेनिमकी ३७ वर्षीया लाक्पा दिकी शेर्पा प्रकाउ परेका हुन् ।
स्याङ्मुले गत माघ २२ गते नवजात शिशु जन्माएर हत्या गरेको र लाक्पा दिकीले आफ्नो अवैध रुपमा रहन गएको गर्भबाट गत माघ ७ गते नवजात शिशु जन्मिएको हुनाले हत्या गरेर फालेको प्रारम्भिक बयानमा स्विकारेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएकोे छ ।
शिशुको शव गत माघ ३० गते अलैची बगानभित्र भेटिएको थियो। शवको जिल्ला अस्पतालमा पोष्टमार्टमपछि गाउँपालिकाले अन्त्यष्टि गरेको थियो ।
प्रतिक्रिया