नवनियुक्त प्रदेश प्रमुख झा लाई १०१ किलोको माला  !

५ बर्ष अगाडि

प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेह झा लाई जनकपुर विमानस्थलमा भव्य स्वागत गरिएको छ।जनकपुरधाम विमानस्थल पुगेका प्रदेश प्रमुख झालाई १०१ किलोको माला लगाएर स्वागत गरिएको हो। 

प्रदेश प्रमुखलाई स्वागत गर्न मुख्यमन्त्री लालबाबु राउत  नगएपछि  प्रदेश २ को आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुश्वाहाले स्वागत गरेका थिए।

झालाई स्वागत गर्न नेकपाको ओली समूहका युवाहरू मोटरसाइकल जुलुशसहित विमानस्थल पुगेका थिए। उनलाई स्वागतका लागि नेकपाको भ्रातृ संगठन युवा संघको केन्द्रीय उपाध्यक्ष सञ्जीव कुमार झाले १०१ किलोको माला लगाएर स्वागत गरे।

विमानस्थल पुगेका ती युवाहरुले केपी ओली जिन्दावादको नारासमेत लगाएका थिए। 

परियारको कार्यशैली ठीकै भए पनि उनलाई हटाएर राजेश झालाई प्रदेश प्रमुखमा नियुक्त गरिएकोमा प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरु असन्तुष्ट देखिएका थिए। 

५ बर्ष अगाडि

प्रतिक्रिया