दिपायल - धनगढी बस सेवा शुरु

५ बर्ष अगाडि

डोटीको दिपायल देखि कैलालीको धनगढीसम्म बस सेवा शुरु भएको छ । शैलेश्वरी सार्वजनिक यातायात  र सुन्दर सुदूरपश्चिम यातायातले संयुक्त रुपमा दिवा तथा रात्रिकालीन सेवा सहित शुक्रबारदेखि  यातायात सेवा शुरु गरेका हुन् । 

अहिले उक्त क्षेत्रबाट दैनिक एउटा शैलेश्वरी यातायात र अर्को सुन्दर सुदूरपश्चिम यातायात गरी दुई बससेवा सञ्चालन हुँदै आएका छन् । पहिलो पटक दुई बसबाट सेवा शुरु गरिएता पनि  यात्रुको माग र चापका आधारमा थप बस सेवाका लागि व्यवस्था गरिने  शैलेश्वरी यातायात प्रालिका कार्यालय प्रमुख प्रेमबहादुर रावलले बताए ।  

पछिल्लो समय जिल्लाका ग्रामीण क्षेत्रमा बससेवा सञ्चालन गर्ने क्रम तीव्र रुपमा बढेको छ । नागरिकको मागअनुसार वर्षौँ पहिले निर्माण गरिएका बस चल्ने सडकमा सञ्चालन नगरिएको हुँदा स्थानीय जनप्रतिनिधिको पहलमा अहिले यहाँका गाउँगाउँमासेवा सञ्चालन हुन थालेको दिपायल सिलगढी नगरपालिकाका उपप्रमुख शिवराज खड्काले बताए । 

बससेवा सञ्चालनसँगै आफूहरुले उत्पादन गरेको खाद्यवस्तुले बजार पाउने भएपछि किसानहरु खुसी भएका छन्  ।

जिल्लाका केआइसिंह, जोरायल, बडिकेदार, आदर्श, पूर्वीचौकी, दिपायल सिलगढी तथा शिखर नगरपालिकाका प्रायः सबै वडामा बससेवा पुगेपनि  बाँकी वडामा सञ्चालनका लागि पहल भइरहेको  छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया