सेयरधनीलाई लाभांश लिन मिर्मिरे लघुवित्तले गर्यो अनुरोध

५ बर्ष अगाडि

काठमाडौं - मिमिरे लघुवित्त वित्तिय संस्था लिमिटेडले शेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको छ । 

संस्थाले एक सुचना जारी गर्दै वार्षिक साधारण सभाबाट पारित भएको नगद लाभांश लिन बाँकी रहेका आफ्ना लगानीकर्ता तथा सेरधनीहरुलाई यस्तो अनुरोध गरेको हो । 

साथै संस्थाले कतिपय लगानीकर्ताहरुले साधारण सेयरको हकप्रद निष्काशनका समयमा धितोपत्र खरीदका लागी पेश गरेकोमा आंशिक रुपमा सेयर परेका तथा नपरेका लगानीकर्ताहरुको फिर्ता हुन बाँकी रकम नलिएकाले बाँकी भुक्तानी रकम लिन पनि अनुरोध गरेको छ । 

सेयरधनीहरुले संस्थाको सेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चैन्ट बैंकिङग लिमिटेडमा सम्पर्क गरी नगद लाभांश लिन सक्नेछन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया