३५ जनाको क्षमता भएको कारागारमा ९१ जना कैन्दीबन्दी, चिसोको मारमा

५ बर्ष अगाडि

जिल्ला कारागार लमजुङमा मापदण्ड अनुसारको कारागारको संरचना छैन ।  एक कैदीबन्दी बराबर एक मिटर लम्बाइ र चार मिटर चौडाइ क्षेत्रफलको व्यवस्था गर्नुपर्ने कानूनी प्रावधान रहेको छ । 

कारागार ३५ जनाका लागि मात्रै उपयुक्त देखिन्छ । अहिले ९१  कैदीबन्दी रहेका छन् । पुरानो संरचना र क्षमताभन्दा बढी कैदीबन्दी कारागारमा बस्न बाध्य छन् । 

बेंसीशहर नगरपालिका वडा नं ८ मा स्थित जिल्लाको एकमात्र कारागारमा विभिन्न सजय भुक्तानी गर्दै आएका कैदीबन्दीलाई चिन्ता र कष्टले सताइरहन्छ । उनीहरु यतिबेला चिसोको मारमा छन् । संरचनाको अभाव तथा जीर्ण हुँदै गएको कारागारमा चिसोयाम होस् वा गर्मी याम । यहाँ उनीहरुलाई बा¥है्र महिना दिनरात समस्या हुने गर्दा चिन्तामै हुने गरेका हुन् । 

सिमेन्टको चिसो दिउँसो घाम लाग्दा पनि  ओभानो हुँदैन । रातमा त बढी नै चिसो हुने र बिहान कतिबेला घाम लाग्ला र बाहिर घाम ताप्न पाइला भन्दै रात कटाउने गरेको चार वर्षदेखि कैद भुक्तानी गर्दै आइरहेका सुवास रानाभाटले उनले दुःखेसो पोखे ।  “यहाँ बढी केन्दीबन्दी हुँदा शौचालय जाने बाटोसम्मै सुत्ने गरेको छौँ ।  राति शौचालय जाने ठाउँ पनि पाइँदैन । बिहान पालो कुर्दाकुर्दै घण्टौँ बित्छ”, उनले भने । 

यस्तो समस्यामा दिनरात कटाउनुपर्दा निकै चिन्ता हुने गरेको छ ।  सात वर्षदेखि कर्तव्य ज्यान मुद्दामा कैद सजाय भुक्तानी गर्दै आएका जीवन अधिकारीले भने, “हामीलाई सुत्ने, बस्ने ठाउँमा चिस्यान नै चिस्यान छ ।  समाधान छैन । यही चिसोका कारणले यहाँ दिनहुँ दुई चार जना रुघाखोकीको बिरामी हुने र निको हुने गरेको छ ।” 

यति मात्र होइन कोभिडका बेला सामाजिक दूरी कायम गरी उनीहरु सुत्ने र  बस्ने गरेका थिए ।  कोचिएर  एउटै ठाउँमा खानुपर्दा कोरोनाको धेरै डर त्रास हुने गरेको थियो । अहिले कोभिडको जोखिम कम छ । चिसो मौसम सकिएर गर्मी मौसम शुरु हुनेबेला भएको छ । 
 
तीन वर्षदेखि कैद सजाय काट्दै आएका मङ्गलबहादुर गुरुङले भन्नुभयो “राणाकालको आँखीझ्याल जस्तो हामी बस्ने ठाउँ छ ।  धेरै बस्दा एकअर्काको रोग सर्ने सम्भावना पनि उच्च रहेको छ ।  वर्षेनी गर्मीमा ओछ्यानमा उडुस पर्ने गर्छ । टोकेर सुत्नै मुस्किल हुन्छ ।  राति १२ बजेसम्म उडुस मार्नमै व्यस्त हुने गर्दा राम्रोसँग सुत्नसमेत समस्या हुने गर्दा गर्मी शुरु हुन लाग्दा थप चिन्तामा छौ ।

चिसोको समयमा खानेपानी आउने गरे पनि गर्मीमा त खानेपानीको समस्या कारागारमा हुने गरेको छ ।  पानी कम हुँदा सरसफाइसमेत राम्रोसँग गर्न नपाउने समस्या यहाँका कैदीबन्दीको विगतदेखि कै हो । कैदीबन्दी बस्ने ठाउँ फराकिलो र नयाँ संरचना भएमा सहज हुने कैन्दीबन्दीको भनाइ छ । 

यहाँका कैदीबन्दीले समस्याको समाधान गर्न सरकारसँग माग गर्दै आए पनि समस्या जहाँतहीँ जीवित छ । यस कारागार विसं २०२८ मा कुन्छाबाट बेँसीशहरमा सदरमुकाम सरेसँगै निर्माण गरिएको थियो । कारागारको कार्यालयदेखि कैदीबन्दी बसोबास गर्ने संरचना गरी चार रोपनी क्षेत्रफलमा फैलिएको छ । सङ्ख्याका आधारमा कारागारका लागि आठ रोपनी क्षेत्रफल आवश्यक पर्ने कारागारका सूचना अधिकृत रमेश विकको भनाइ छ । 

कारागार पुरानो र क्षमताभन्दा बढी कैदीबन्दी हुँदा दिनहुँ उनीहरुलाई विभिन्न समस्या हुने गरेको छ । खान, बस्न, सुत्नदेखि शौचालय जानसमेत उनीहरूलाई कठिन भइरहेको र सम्बन्धित ठाउँमा समस्याको समाधान गर्न पहल गरिरहेको उनले जानकारी दिए । 

सम्बन्धित निकायबाट उक्त कारागारमा नयाँ भवन बनाउन उपयुक्त हुन्छ÷हुँदैन भनेर अघिल्लो गत वर्ष माटो परीक्षणको कामसमेत भइसकेको छ । नयाँ भवन बनाउनका लागि उपयुक्त भएको ठहरसमेत प्राविधिक टोलीले गरेको थियो । अहिलेसम्म पनि कुनै काम अघि बढ्न नसकेको जिल्ला कारागारले जनाएको छ ।
    
कारागार २५ पुरुष र १० महिला गरी ३५ जनाको क्षमता  हो । हाल रहेको ९१ जना कैन्दीबन्दीमध्ये ८२ कैदीबन्दी पुरुष ८० र ११ कैदीबन्दी महिला रहेका छन् । यसैगरी  ४७ कैदी र ४४ थुनुवा रहेका छन् । 

तीमध्ये ३९ कैदी पुरुष र आठ कैदी महिला रहेको कारागारले जनाएको छ । त्यस्तै ४१ जना पुरुष र तीन जना महिला थुनुवा ९पुर्पक्षका लागि राखिएको० रहेका छन् । कैदीमध्ये बढी जबर्जस्ती करणी उद्योग, कर्तव्य ज्यान मुद्दाका बढी छन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया